
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्यदिएको छ।। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको छ ।
मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए । यसअघि श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij