
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रको दाबी रहने बताएका छन् । बुधबार गृह जिल्ला पुगेका प्रचण्डले भरतपुर महानगरमा माओावदीको दाबी रहने बताएका हुन् ।
प्रचण्डले स्थानीय निर्वाचनमा गठबन्धन हुने र महानगर–उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा भागबन्डा हुने पनि बताए । उनले महानगर–उपमहानगरमा केन्द्र तहबाट नै तालमेल हुने बताए। उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए।
उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं’ उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij