Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्रधानमन्त्रीकाे भारत भ्रमण तालिका सार्वजनिक  

प्रधानमन्त्रीकाे भारत भ्रमण तालिका सार्वजनिक  

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । देउवाले चैत १८ देखि २० गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् । 

    images
    images
    images

    भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा जान लागेका देउवाको साथमा पत्नी आर्जु राणा, परराष्ट्रमन्त्री नारायण खड्का तथा नेपाल सरकारका उच्च अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

    १८ गते भारत जान लागेका प्रधानमन्त्री देउवाले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैदिन भारतीय प्रधनमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नेछन् । 

    images

    प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले पनि भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा स्वदेश फर्कनुअघि बनारसको भ्रमणमा जाने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ  । 

    देउवाले दिल्लीमा व्यापारिक समुदायले आयोजना गरेको कार्यक्रममा दुईपक्षीय व्यपारका विषयमा पनि संबोधन गर्ने बताइएको छ । यस्तै प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति एम बेकैया नायडुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij