
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सोमबार रुपन्देही जाँदैछन् । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली रुपन्देही जानलागेका जनाईएको छ ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीका अनुसार अध्यक्ष ओलीले भैरहवामा पार्टी प्रवेश गराउने र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै अध्यक्ष ओली सोमबार साँझ बुटवलमा बास बस्ने र मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्ने पनि जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij