
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउनका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ ।
यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा ६ प्रदेशका सभापति सहित २७ जनाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij