
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुरचोकमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
स्थानीय जोगिन्द्र साहका दुई वर्षीय छोरा रितिकको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रदेश २ ०३००१ त २४३९ नम्बरको ट्याक्टरले घरअगाडि बालकलाई ठक्कर दिएको थियो । ठक्करपश्चात् चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij