
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । पूर्वी नवलपरासी -कावासोतीमा शुक्रबार बिहान आदिवासी जनजाति महासंघको दशौं केन्द्रीय महाधिवेशनमा सम्पन्न भएको छ । महाधिवेशनमा कांग्रेस र एमालेको संयुक्त प्यानल विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
अध्यक्षमा नेपाली कांग्रेसका गेल्जे लामा शेर्पा (सिन्धुपाल्चोक) र महासचिवमा एमालेका दिवस राईसहितको टिम विजयी भएको छ । २१ सदस्य रहेको केन्द्रीय समिति चयन भएको हो । अध्यक्ष र महासचिव बाहेकका सबै पद निर्विरोध भएको हो ।
वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ति, उपाध्यक्षहरु युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरी जिमी र श्रुति कुमाल निर्वाचित भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij