
Apr 22 2025 | २०८२, वैशाख ९ गते
भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की प्राप्त भएको छ । तहरीक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसहित कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।
हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो । दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij