
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चितवन । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीमाथि लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पक्राउ गरेको जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij