Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

६० वर्षभन्दा माथिकाले कांग्रेसलाई भोट हाल्दैनन्ः ओली

६० वर्षभन्दा माथिकाले कांग्रेसलाई भोट हाल्दैनन्ः ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनलाई इङ्गित गर्दै ६० वर्षभन्दा माथिकाले कांग्रेसमा भोट नहाल्ने बताएका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सुरक्षा भत्ताको विषयलाई जोड्दै सो कुरा बताएका हुन् । 

    images
    images
    images

    ओलीले भने, ‘६० वर्षभन्दा माथिकाले कांग्रेसलाई भोट हाल्दैनन्, सामाजिक सुरक्षा भत्ता लिइरहेका र लिने तयारीमा रहेकाले पनि कांग्रेसलाई भोट हाल्दैनन् ।’ यसका साथै उनले सत्तारुढ गठबन्धनलाई स्यालहरूको मोर्चाको संज्ञा दिएका छन् ।

    ‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ ओलीले भने । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने ओलीले बताए ।

    माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको भन्दै उनले भने, ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’ नेकपा माओवादीलाई रित्याउने मात्रै होइन, खुर्कीखार्की पारेर खाली पार्ने दाबी समेत उनले गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij