
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर र फर्ममा आगलागी भएको छ । दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा आगालागी भएको छ । आगालागीको क्रममा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज ४ः३० बजेको समयमा आगलागी भएको हो । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घरधनी लामिछानेका अनुसार आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ ।उनले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको दुखेसो गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij