
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ।
नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई-दुई पटक जित हात पारेका छन्। नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले यूएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ।
युएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij