Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होलीको सुन्दर हिसाब 

होलीको सुन्दर हिसाब 

  • काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागुपूर्णिमा होली पर्व आज देशभरका पहाडी भेगमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । होलीको अवसरमा हुने विभिन्न किसिमका अमर्यादित गतिविधि रोक्नको लागि यसवर्ष सुरक्षा निकायले विशेष किसिमको सुरक्षा रणनीति अपनाएको थियो ।  

    onlinepatrika
    Arghakhachi

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली मनाउँदा ट्राफिक नियम तोड्ने खालका अमर्यादित कार्य नियन्त्रण गर्न काठमाडौँ उपत्यकाभर मात्र एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी खटाइ ट्राफिक व्यवस्था कडा बनाएको थियो । 

    AGNI GROUP

    बितेका दुई वर्षमा कोरोना भाइरसका कारण होली मनाउन प्रतिबन्ध लगाएको भएपनि त्यस अघिका वर्षमा दुर्घटना अधिक मात्रामा दुर्घटना भएको पाइन्थ्यो । २०७५ सालमा होली मनाउँदा २२ ओटा सवारी साधन दुर्घटना भएका थिए । काठमाडौँ उपत्यकामा मात्रै १० ओटा सवारी दुर्घटना भइ १८ जना घाइते भएका थिए भने ३ जनाएको ज्यान गएको थियो । 

    यसवर्ष भने बिगतका वर्षहरुमा भन्दा सुरक्षा व्यवस्था कडा गरिएको कारण कुनैपनि अप्रिय घटना हुन नपाएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए । उनका अनुसार हालसम्म ४९९ ओटा सवारी साधन नियन्त्रण गरिएको छ । जसमध्ये २९ ओटा सवारी साधन मापसे र  बाँकी कागजपत्र तथा अन्य कारणले नियन्त्रण गरिएको हो ।

    यता, ललितपुरको सातदोबाटोमा पनि ट्राफिकले दुर्घटना हुन नदिनको लागि सुरक्षा व्यवस्था कडा पारेको थियो । महानगरीय प्रहरी परिसर सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार आज कुनैपनि किसिमको अप्रिय घटना भएन । आज २०९ ओटा सवारी साधन कार्वाहिमा परेका छन् । जसमा ६१ ओटा सवारी साधन नियन्त्रणमा रहेका छन् । 

    traffic 33.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij