Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पुनः एमालेमै फर्किए एकिकृत समाजवादी रोजेकाहरु

पुनः एमालेमै फर्किए एकिकृत समाजवादी रोजेकाहरु


  • काठमाडौं । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा पुनः एमालेमै फर्किएका छन् । एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका बुढा बिहीबार पुनः एमालेमै फर्किएका हुन् । 

    images
    images
    images

    यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन् । एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार विभाजनपछि समाजवादी राजेको नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा,  विमला थापापनि एमालेमै फर्किएका छन् ।

    पुनः एमालेमै फर्किएका उनीहरुलाई पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल, सुर्खेत जिल्ला कमिटी अध्यक्ष अमृतकुमार बिसीलगायतले स्वागत गरेका जनाइएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij