Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ओरालो लाग्दै कोरोना

ओरालो लाग्दै कोरोना

  • काठमाडौँ । नेपालमा पछिल्लो केही समय यता कोरोना भाइरस संक्रमण दर निरन्तर ओरालो लागेको छ । विश्वभर महामारिको रुपमा फौलिएको कोरोना भाइरसका नियमित संक्रमित संख्या निरन्तर ओरालो लाग्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो । यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् । नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij