
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका पूर्वराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरु संगठित भएका छन् । जसपामा पूर्वराजपाको तर्फबाट महिन्द्रराय यादव जसपामा पूर्वराजपाभित्रका सिनियर नेता भएकोले उनलाई नेतृत्र्व दिएको जनाइएको छ ।
समायोजनको काम चलिरहेको र कतिपय कामहरु बाँकी रहेकाले छलफलका लागि बसेको तर, भागबण्डाकै लागि आफूहरु संगठित नभएको जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले जिकिर गरेका छन ।
जसपामै रहेपनि पूर्वराजपाका नेताहरु एकजुट थिएनन् । नेताहरुमध्ये कोही संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पक्षमा त कोही पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा थिए ।
जसपा नेपाल विभाजित हुँदा पूर्वराजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायतका नेताहरुले अलग भएर अर्को पार्टी बनाएका थिए । तर महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमनलगायत पूर्वराजपाका नेताहरु जसपामै रहे ।
पार्टीसँग सल्लाह गरेर नै आफूहरु बसेको र पार्टीमा भइरहेको समायोजनको कामलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको मधेश प्रदेशका प्रदेशसभा सदस्य एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij