
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली कांग्रेस प्युठानका महासमिति सदस्य तथा पूर्व उपसभापति बद्री लम्सालको निधन भएको छ । कांग्रेस प्युठान क्षेत्र नं १ को पूर्व क्षेत्रीय सभापतिसमेत रहेका लम्सालको ३८ वर्षको अल्पायुमै उपचारका क्रममा आज मंगलबार दिउँसो करिब २ बजे निधन भएको हो ।
जिल्लाको प्युठान नगरपालिका चेरनेटाका लम्साल प्याङ्क्रियाज, लिभर ईन्फ्याक्सन, किड्नी ईन्फ्याक्सनलगायतको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij