
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीका नेता तथा सांसद प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij