
Apr 07 2025 | २०८१, चैत २५ गते
ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै तागतले निर्वाचन जित्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनगढी आइपुगेका ‘प्रचण्ड’ले निर्वाचनका लागि आफ्नै तागत आवश्यक रहेको बताएका हुन् ।
आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरूसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’
‘प्रचण्ड’ले, गठबन्धन दल बीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिनअघि आफ्नै दलका नेतालाई निर्देशन गरेका स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए ।
यस्तै, अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij