
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं/ नेपाल बार एशोशियशनको अध्यक्ष पदमा उम्मेदवार बनेका गोपालकृष्ण घिमिरेले नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजिनामा दिएका छन् । घिमिरेले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।
घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij