Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज कांग्रेसको सबै जिल्लामा बैठक

आज कांग्रेसको सबै जिल्लामा बैठक

  • काठमाडौं/ आज सत्तासीन दल नेपाली कांग्रेसको सबै जिल्लामा कार्यसमिति बैठक बस्दैछ । काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्ने कार्यक्रमका लागि आज सबै जिल्लामा जिल्ला कार्यसमिति बैठक बस्न लागेको हो ।  

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आज आइतबार नै उद्घाटन गर्ने छन् । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने तयारी काँग्रेसले गरेको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी काँग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको बताए ।

    AGNI GROUP

    फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने उनले जनाए । काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्वपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्ने उनले उल्लेख गरे ।

    नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको छ ।

    ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ एक महिने अभियान सञ्चालन हुने उनले बताए । काँग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने डा. महतले उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाकै नेतृत्वमा एमसीसी कम्प्याक्ट अनुमोदन भएको र यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्ने उनले बताए । प्रवक्ता डां महतका अनुसार अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । स्थानीय घोषणापत्र जारी गर्ने योजनाअनुरूप स्थानीय घोषणापत्र निर्माण समिति गठन गरेर काम सुरु गरिने छ ।

    अभियानका दौरान ‘घोषणापत्र निर्माण संवाद’ तथा जनतासँग ‘विकास संवाद’ गरी जनअपेक्षा र आवश्यकताअनुरूपको बाटो, कल्भर्ट, कजवे, तटबन्ध वा अन्य कुनै पनि स्थानीय विकासका विषयमा स्थलगत रूपमै संवाद गर्ने उनले बताए । साथै मतदाताको दृष्टिकोण, भावना र सुझाव सङ्कलन तथा काँग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्छन्’ भनेर नागरिक पङ्क्तिबाटै सुझाव लिने कार्यक्रम राखिएको उनले जनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट