Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मनाङमा काँग्रेसको चुनावी अभियान सुरु

मनाङमा काँग्रेसको चुनावी अभियान सुरु

  • मनाङ / हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसले चुनाव केन्द्रीत कार्यक्रम सुरु गरेको छ । पार्टी जिल्ला कार्यसमिति मनाङद्धारा आयोजित घर–घर जाऔँ काँग्रेस जिताऔँ चुनाव केन्द्रीत अभियान शुक्रबारदेखि सुरु भएको हो । 

    images
    images
    images

    अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई काँग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । केन्द्रीय सदस्य लामा भन्छन्, ‘पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नु पर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।’

    पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । गुरुङ भन्छन्, ‘स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रीत भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवर्द्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।’ कार्यक्रममा काँग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर काँग्रेसलाई जिताउने तर्फ लाग्नुपर्नेमा जोड दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij