
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं/ निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदै छ । छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका थिए । तर, ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक ७९ दल दर्ता भएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij