Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

  • काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । 

    onlinepatrika
    Arghakhachi

    महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार ५०० हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी)प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५०० हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी अस्पतालमा पुगेपछि कोरोना सङ्क्रमण दर फैलिने डरका कारण पनि बिरामी घरमै बसेकाले अस्पतालमा बिरामीको सङ्ख्या घटेको बताउनुहुन्छ । छ सय ६२ श्ययाको यस अस्पतालले कोभिड–१९ को बिरामी उपचारका लागि १०० श्यया छुट्याएको थियो । यस अस्पतालले सरकारले बन्दाबन्दी गरेको समयमा पनि सबै सेवा प्रदान गरेको थियो । 

    AGNI GROUP

    कोभिड–१९ सङ्क्रमण अगाडि विभिन्न रोगका दैनिक ४० वटासम्म शल्यक्रिया गरेको टिचिङले अहिले जम्मा १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यस्तै सुत्केरी महिलाका लागि भने नियमित शल्यक्रिया र प्रसूति सेवा प्रदान गरिएको थियो । विभिन्न सङ्घसंस्था तथा सरकारी सहयोगका कारण कोभिडको उपचारमा यस अस्पतालले कुनै पनि समस्या भोग्न नपरेको प्रवक्ता अधिकारीको भनाइ छ । चार सय ६० श्यया रहेको वीर अस्पतालले कोभिड–१९ का बिरामीका लागि १६० श्यया छुट्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय बिरामी घटेसँगै कोभिड श्ययासमेत घटाएको छ । अस्पतालका नर्सिङ डाइरेक्टर गोमादेवी निरौला वीर अस्पतालले एकैपटक १२० कोभिड बिरामीको उपचार गरेको बताउनुहुन्छ । “चाहिएको बेलामा स्वास्थ्य सामग्री नपाउँदा उपचारमा समस्या भयो”, उहाँ भन्नुहुन्छ । 
     
    वीर अस्पतालमा कोभिड–१९ सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार हाराहारीमा बहिरङ्ग सेवाका लागि जाने गरेका थिए । कोभिड सङ्क्रमणका समयमा ओपिडी सेवाका लागि दैनिक २०० बिरामी जाने गरेकामा अहिले विस्तारै बढेर एक हजार हाराहारी जाने गरेको अस्पतालले जनाएको छ । निजी लगानीमा सञ्चालित अस्पतालले भने कोभिड–१९ को समयमा प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनन् । टोखामा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले कोभिडको समयमा बिरामी नहुँदा केही सेवा सञ्चालन गर्न नसकेको बताएको छ । सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमणसँगै बिरामी नहुँदा सबै किसिमका उपचार सञ्चालन गर्न नसकेको बताउनुहुन्छ । 

    ग्राण्डीले कोभिडको समयमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुस ४ गते शनिबारदेखि पुनः सञ्चालन गरेको छ । ग्राण्डीले अहिलेसम्म ५७ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । दुई सय श्ययामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म ओपिडी सेवा प्रदान गर्दै आए पनि हाल दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । निजी लगानीमा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको उपचार कम गरे पनि ग्राण्डीले भने ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघनउपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको जनाएको छ । 

    कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको यस अस्पतालले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा मात्रै शल्यक्रिया गरेको छ । कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महङ्गो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको महाप्रबन्धक सिंहको भनाइ छ । सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् । 

    कोभिड–१९ का कारण बिरामीको सङ्ख्या घट्दा स्वास्थ्य सामग्री बिक्रीवितरणसमेत घटेको छ । दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्य सामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिको प्रालिले कोभिड–१९ का कारण अस्पतालमा स्वास्थ्य सामग्री बिक्रीवितरण घटेको बताएको छ । प्रालिका निर्देशक बद्रीनाथ घिमिरे कोभिडबाहेक अरु रोगका बिरामी अस्पताल नजाँदा स्वास्थ्य सामग्रीको बिक्रीवितरण घटेको बताउनुहुन्छ । कोभिडपछि बिरामीको चाप कम हुँदा स्वास्थ्य सामानको माग कम आउने गरेको उहाँको भनाइ छ । 
    –––

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट