
Apr 02 2025 | २०८१, चैत २० गते
गत वर्ष २०२१ गुगलको मातृकम्पनी अल्फाबेटका लागि निकै सुखद रह्यो । कम्पनीले विशेषगरी डिजिटल विज्ञापन सेवाबाट अरबौँ डलर कमायो ।
अन्तिम त्रैमास (अक्टोबर-डिसेम्बर) मा कम्पनीले कूल ७५.३ अर्ब डलर कमाएको छ । यसअन्तर्गत उसले विज्ञापनबाट मात्रै ६१.२ अर्ब डलर (७३ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी) कमाएको छ ।
अल्फाबेटको आम्दानीमध्ये सबैभन्दा धेरै हिस्सा विज्ञापनकै रहँदै आएको छ । गत वर्ष कम्पनीका लागि गुगल नेटवर्क र युट्युव एडबाट हुने आम्दानी २५ प्रतिशतले बढेको थियो भने सर्च इन्जिनबाट हुने आम्दानी ३६ प्रतिशतले बढेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij