
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडाैँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत सो मितिमा सहमति जनाएपछि पार्टीको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।
बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । एमाले सचिवालयमा पदाधिकारी १९ जना सदस्य रहने व्यवस्था छ ।
फाइल फोटो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij