
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी परेको छ । कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ ।
संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अध्यक्ष ओलीविरुद्ध उजुरी हालेका हुन् ।
अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij