Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको संसद् विघटनले देशलाई प्रतिगमनतर्फ धकेलेको निष्कर्षः संयुक्त विद्यार्थी संगठन

प्रधानमन्त्रीको संसद् विघटनले देशलाई प्रतिगमनतर्फ धकेलेको निष्कर्षः संयुक्त विद्यार्थी संगठन

  •  ‘प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृति दुवैलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ’ । संयुक्त विद्यार्थी संगठन

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपाल विद्यार्थी संघको आयोजनामा मंगलबार लैनचौरस्थित एक होटलमा भएको नौ विद्यार्थी संगठनको बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संयुक्त विद्यार्थी संगठनको निर्णयमा भनिएको छ, ‘‘नेपाली जनता कोरोना संक्रमणको त्रास तथा प्रभावबाट छटपटाइरहेको अवस्थामा जनताको जीवन रक्षाप्रति पूर्णरुपमा असंवेदनशीलता देखाउँदै, सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने गरी चालिएको यो कदमले देश प्रतिगमतर्फ जाने र नेपाली जनतामा व्यवस्थाप्रति नै वितृष्णा जगाउने निश्चित छ ।’’

    AGNI GROUP

    ‘‘नेपाली जनताको ठूलो त्याग र बलिदानले ल्याउको लोकतान्त्रिक गणतन्त्र सुनिश्चित हुनेगरी जारी गरिएको संविधानलाई निष्प्रभावी बनाउने नियत प्रस्ट झल्किएको अवस्थामा संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय गरियो,’’ बैठकपछि सार्वजनिक निर्णयमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट