Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपाको अलग अलग भेला, एक-अर्कालाई कारबाही गर्ने तयारी

नेकपाको अलग अलग भेला, एक-अर्कालाई कारबाही गर्ने तयारी

  • काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।

    onlinepatrika
    Arghakhachi

    साढे दुई वर्षअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका दुई पार्टी एकताको अढाई वर्षपछि विभाजनको सङ्घारमा पुगेका हुन् । यद्यपि, कारबाहीको घोषणा पहिला कसले गर्ने भन्ने मात्र बाँकी छ । दुवै पक्षले मङ्गलबार केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

    AGNI GROUP

    अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका दाहाल–नेपाल समूहका नेताहरू यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छन् । प्रचण्ड–माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेस गरेका छन् । सो घटनापछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक मङ्गलबार बिहान ९ बजे बोलाएका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट