Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अन्ततः फुटतर्फ नेकपा

अन्ततः फुटतर्फ नेकपा

  • काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीका विरुद्ध हस्ताक्षर गर्ने चार जना सांसदहरू ओलीले बोलाएको भेलामा सहभागी भएका छन् । उनीहरूले दाहाल पक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरबिना पार्टीका कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । नेकपाका हरेक निर्णयमा अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताउँदै उनले हस्ताक्षरबिनाको निर्णयले वैधानिकता नपाउने भएकाले बैठकको निर्णयको कुनै अर्थ नहुने स्पष्ट पारे ।
    नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरमा आफू निकट सांसदहरूको भेला गरी छुट्टै रणनीति तय गरेका छन् ।

    विघटित संसद्का सांसदको भेला गरेका ओली र दाहाल–नेपाल समूहले आज मंगलबार आफू निकटका केन्द्रीय सदस्यको भेला गर्दै छन् । आफ्नै दलका नेताहरूले आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij