
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । अभिनेत्री आँचल शर्मा अब तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी छन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् ।
विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ ।
फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । फिल्म आउँदो मार्चमा रिलिज हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij