Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  • अनाथ बालबालिकाको हेरचाह जुटेका महिला 

    images
    images
    images

    अनाथ तथा असहाय  बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखको अक्षयकोष पुर्याएको छ । २०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो । 
    अक्षयकोष एक करोड पुर्याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ ।

    वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन
    भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला ) सञ्चालन भइरहेको छ ।
    ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामीनामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भएको हो ।

    १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुट्दै : प्रचण्ड
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् ।

    ‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले  अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्य बताए ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ती सदस्यको भनाइ छ ।

    राजतन्त्र फर्काउने भ्रम त्यागौुं : विश्वप्रकाशको सुझाव
    कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताए । उनले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।  
    ‘राजालाई हामीले नबोकेको हो रु भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उनले भने, के मधेशको सम्मान र स्वाभिमान बढेको छैन रु भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान र स्वभिमान बढेको छैन रु राजतन्त्र फर्काउनु भनेको यो देशमा कहिले दलितको छोराले राष्ट्रपति बन्न नपाउनु हो ।’

    भाइको लाइसेन्सको ट्रायल दिन दाइ गएपछि 

    काठमाडौँ । झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ । 
    बिहीबार बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट एक जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 
    प्रहरीले दमक नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय हरि श्रेष्ठलाई पक्राउ गरेको हो। उनी आफ्ना २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको बाइकको ड्राइभिङ लाइसेन्सको लागि ट्रायल दिन आएका थिए । 

    पुस अन्तिम सातादेखि ‘बुस्टर डोज’

    काठमाडौं । सरकारले यही पुस अन्तिमदेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन  मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।
    बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ ।

    चीनमा लकडाउन घोषणा
     
    कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । 
    सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।

    बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् । सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ ।

     मध्य भोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ्ग रेन्ज१

    मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
    सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर मा सूचीकृत भएको जनाइएको छ । 

    २९३ संक्रमित थपिए २ जनाको मृत्यु
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज २ सय ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
    नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

    पत्रकार सुवेदीविरुद्ध अभिनेत्री सिवाकोटीको उजुरी

    नेपाली चलचित्र अभिनेत्री वर्षा सिवाकोटीले रंगकर्मी पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । 

    पत्रकार सुवेदीले एपि वान टेलिभिजनबाट प्रसारणमा आउने रजटपट कार्यक्रममा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै वर्षाले प्रेस काउन्सिलमा उनीमाथि उजुरी दिएकी हुन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij