
Apr 30 2025 | २०८२, वैशाख १७ गते
नेपालमा थप १ जनामा ओमिक्रोन पुष्टि
काठमाडौं । नेपालमा थप एकजनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङमार्फत नेपालका ५८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।
थप २३६ जनामा कोरोना, २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ ।
रक्षा मन्त्रालय कार्यभार देउवालाई
प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेको बताए ।
ललिता निवास प्रकरणका मुख्य आरोपी पक्राउ
ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ ।
महिलालाई दुव्र्यवहार गर्ने पूजारी पक्राउ
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका ८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका ४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिएका छन् । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भीमसेन मन्दिर अगाडि ऐतिहासिक शिलापत्र भेटिया
भीमसेन मन्दिर अगाडि ऐतिहासिक शिलापत्र भेटिएको छ । ढल निकासका लागि पाइप जडानको गर्ने क्रममा १० फिट मुनि अन्दाजी साढे ४ फिट अग्लो शिलापत्र भेतिएको छ। सो शिलापत्रको कुदाइ हेर्दा उत्तर(लिच्छविकालिन भन्रे बुझिन्छ।
यसमा प्रयोग गरिएको दायाँ र बायाँको मृगः मयुर कोणबाट निर्मित धर्मचक्रले कुनै बौद्ध बिहार वा बौद्ध राजाले अभिलेख राख्न लगाएको देखिन्छ । यो झन्दै १४०६ बर्ष पुरानो देखिएको अनुमान गरिएको छ । जुन अंशुबर्मा कालिन हो । यस शिलापत्र पुरै पुरिएको अवस्थामा भेटिएको हो।
रणवीर र दीपिकाको ‘८३’ले पायो कर छुट
डिसेम्बर २३ बाट प्रदर्शनमा आउने हिन्दी चलचित्र ‘८३’लाई भारतको राजधानी दिल्लीमा कर छुट दिइएको छ ।
चलचित्रका निर्देशक कवीर खानले आफ्नो फिल्मलाई दिल्ली सरकारले प्रदर्शन हुँदा कर छुट दिएको जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन् ।
चलचित्रमा रणवीर सिंहको मुख्य भूमिका रहेको छ । खानले इन्स्टाग्राममा फिल्मको पोस्टार राख्दै दिल्ली सरकारले आफ्नो फिल्मप्रति देखाएको प्रेमले थप दर्शक पाउन सहयोग हुने लेखेका छन् ।
स्थगित ‘मिस वर्ल्ड’ मार्च १६ मा
विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो वर्षको मार्च १६ तारिखमा यो कार्यक्रम आयोजना हुनेछ ।
आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने बताएको छ । कार्यक्रम स्थगित भएपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि स्वदेश फर्किसकेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij