Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  • थप २९० जनामा कोरोना, ३ जनाको मृत्यु

    images
    images
    images

    नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    न्युजिल्यान्डमा फाइजर खोप लगाउने एक जनाको मृत्यु

    न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । २६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो । उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएको जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

    गगन थापा आशीर्वाद लिन सिटौला निवास

    नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा आज नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् । 

    कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए । सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेर आशीष दिएका थिए ।

    सार्क लले माग्यो जबरासंग राजीनामा

    सार्क लले नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेको छ ।आज विज्ञप्ति जारी गरेर सार्क लले विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारको प्रयासमा प्रधानन्यायाधीश बाधक देखिएको भन्दै जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भएको उल्लेख गरेको छ ।

    जबराप्रति नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, इमान्दार र स्वच्छ न्यायकर्मी, न्याय क्षेत्रका व्यक्तित्वसमेतको विश्वास टुटिसकेको सार्क लले उल्लेख गरेको छ ।आवश्यक न्यायिक तथा कार्य क्षमता, असल आचरण, व्यवहारको अभाव रहेकोले प्रधानन्यायाधीश जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भए, विज्ञप्तिमा लखिएको छ ।
     
    खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छः प्रधानमन्त्री देउवा 

    प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । 
    माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उनले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।  
     
    साफ च्याम्पियनसिप टोलीले पाए ५ लाख नगद

    पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ । 

    मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गरेका हुन् । 

    ओमिक्रोनबाट बच्न छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई डब्ल्यूएचओको आग्रह
     
    विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
     
    सन्देशमा डा. गेहब्रेयससले भनेका छन्, “जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो । ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको छ ।” संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले एक सन्देश जारी गर्दै जनस्वास्थ्यको रक्षाका लागि क्रिसमस र नयाँ वर्षलक्षित योजना रद्द गर्न अनुरोध गरेका हुन् ।

    चिट चोर्न नदिएको भन्दै आरआरका शिक्षकमाथि कुटपिट

    चिट चोर्न नदिएको भन्दै प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । 
    स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका कुवेर जेठाराले कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
    बिएसडब्ल्यु पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेकोले उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी जेठारा भने यतिबेला फरार छन् ।

    नेपालको विकासका लागि आएको एमसीसी पारित हुन्छ : बालकृष्ण खाँण
    गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग  (एमसीसी) सम्झौता पारित हुने बताएका छन् ।  मन्त्री खाँणले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij