
Apr 30 2025 | २०८२, वैशाख १७ गते
प्रधानमन्त्री देउवा भन्नुहुन्छ, नेपाली सभ्यतालाई संरक्षणगरि जीवन्त राख्नु सरकारको साझा दायित्व हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् । राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन् । उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताए ।
योमरी पुन्हि मनाइयो
नेवार समुदायले योस्मरि (योमरी) पूर्णिमा हर्षोल्लासका साथ मनाएको छ । आजकै दिनलाई नेवार समुदायले ज्यापु दिवसका रूपमा पनि मनाउँछन् ।
बालबालिकालक्षित खोप शुरू
सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदैँछ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ ।
प्रदेश २ मा कोभिड सङ्क्रमण दोब्बर
पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोभिड सङ्क्रमण दर पुनःबढ्न थालेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
बढ्यो विद्युतको माग
पछिल्लो समय विद्युतको माग बढेको छ । गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग ९पिक डिमाण्ड० तीन सय मेगावाटको हाराहारीमा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई आवश्यक विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको प्राधिकरणले जनाएको छ ।
गुड्दागुड्दै आगलागी
दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षेति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आगलागि भएको उनले बताए ।
८९ मुलुकमा ओमिक्रोन फैलियो
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ । दुई तीन दिन भित्रमा ओमिक्रोन संक्रमितको संख्या दोब्बर हुन सक्ने डब्लूएचओको पछिल्लो रिपोर्टलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुमा समाचार छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ ।
अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा आजदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij