Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शिक्षक सेवा आयोगको नियमावली संशोधन

शिक्षक सेवा आयोगको नियमावली संशोधन

  • काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ । मन्त्रिपरिषद्को आज बसको बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो ।

    images
    images
    images

    आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

    आयोगका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।

    नियमावली संशोधनसँगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो खुलेको हो । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले आन्तरिक बढुवाको विज्ञापन पनि पाइपलाइनमा बसेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij