Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेका छौँः अध्यक्ष नेपाल

बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेका छौँः अध्यक्ष नेपाल

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।  

    images
    images
    images

    पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे । पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

    images

    देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए । उनले भने, “आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।”

    देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बताए । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ रहेको छ । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उनले निर्देशन दिए । उनले भने, “अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।”

    राजधानी काठमाडौँ र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको उनले बताए । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ छ । राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए । उनले भने, “शेरबहादुर देउवा मात्रै होइन कांग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij