
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ३९२ पीसीआरमा ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ६८९ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij