Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कर्णाली प्रदेशमा चार दिनसम्म नेतृत्व चयन हुन सकेन

कर्णाली प्रदेशमा चार दिनसम्म नेतृत्व चयन हुन सकेन

  • सुर्खेत  । नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । 

    images
    images
    images

    अध्यक्षका आंकाक्षी धेरै भएका कारणले नेतृत्व चयन गर्न सकस भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

    images

    केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् । 

    माओवादीका एक नेताका अनुसार केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरूमा बहस भइरहेको उनले जानकारी दिए । 

    ती नेताका अनुसार २११ जनाको प्रदेश कमिटी आजै (मंगलबार)  बनाउन र नौ जना पदाधिकारीको टुङ्गो केन्द्रले लगाउने विषयमा छलफल चलिरहेको उनले बताए । ‘विभिन्न विकल्पका विषयमा छलफल जारी छ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij