
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अहिलेसम्म १५ सय मत खसेको छ ।
भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा रहेको मतदान केन्द्रहरुमा सभापतिका लागि १५ सय मत खसेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
त्यस्तै , उम्मेदवारी प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, शेखर कोइराला, पैकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij