
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् ।
मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् ।
भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij