Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

 ‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’ : देउवा

 ‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’ : देउवा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् । 

    images

    ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने । 

    आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने,  ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij