Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

टुक्रियो कोइराला परिवार : शशांक, शेखर र सुजाता तीनतिर

टुक्रियो कोइराला परिवार : शशांक, शेखर र सुजाता तीनतिर

  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् ।

    images
    images
    images

    अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन् । 

    images

    शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन् । उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन् । 

    महामन्त्री डा. शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् । उनी उपसभापति या महामन्त्रीकै उम्मेदवार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij