
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । ललितपुरमा स्वास्थ्य क्षेत्रमा अग्रणी ख्याति कमाएको स्टार हस्पिटलले नुवाकोटमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरिएको छ ।
५० शैयाको सो हस्पिटलमा नुवाकोटसहित दाङ, रसुवा र यसका आसपासका क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने योजना रहेको हस्पिटलका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले अनलाइन पत्रिकालाई जानकारी दिए ।
कोभिडको समयमा ललितपुर जिल्लामा स्वास्थ्य क्षेत्रमा अब्बल भूमिका निभाएको स्टार हस्पिटलको नुवाकोट शाखाले अबदेखि वरिष्ठ परामर्शदाता र शल्यचिकित्सकहरूबाट उपचार प्रदान गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij