
Apr 30 2025 | २०८२, वैशाख १७ गते
प्रहरी उपरिक्षकहरुको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयका प्रमुखका रुपमा कार्यरत एसपीहरुको सरुवाको तयारी थालेको छ । एक वर्ष अवधि पुगेका जिल्लाका एसपीहरुको सरुवा हुन लागेको हो ।
एसपीको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् । सर्लाहीमा सन्तोषसिंह राठौर, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई, स्याङजामा होबिन्द्र बोगटी, सिन्धुपाल्चोकमा राजन अधिकारी, पूर्वी नवलपरासीमा प्रकाश मल्ल र नुवाकोटमा तुलबहादुर कार्की कार्यरत छन् ।
रौतहटका एसपी सिद्धिबिक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाएको घटनामा मुछिएकाले उनलाई पनि हटाइने भएको छ । यसैबीच, एसपी आभूषण तिमल्सिना पनि दौडधुपमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij