Jun 04 2026 | २०८३, जेठ २१ गते
'कोरोनाबाट सतर्क हुनुस् भनेर अहोरात्र खटिएँ', ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख तथा इन्स्पेक्टर नरेश शाहीले आइतबार दिउँसो अनलाइन पत्रिकासँग कुरा गर्दै भने, ‘अहिले पारिवारिक सदस्यमा संक्रमण देखिएको हुनाले म घरमै आइसोलेसन बसेको छु ।’
ललितपुर । महानगरिय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख तथा इन्स्पेक्टर नरेश शाही आइसोलेसन बसेका छन् । परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि इन्स्पेक्टर शाही घरमै आइसोलेसन बसेका हुन् ।
शाहीले सातदोबाटोमा ट्राफिक प्रहरीको कमाण्ड लिएदेखि नै जनतालाई सडक सुरक्षा र कोरोना सतर्कताबारे सन्देश फैलाउन सक्रिय बनेका थिए । इन्स्पेक्टर शाहीले भर्खरै पनि 'तपाईँको मास्क खैँ ?' र 'नो हर्न' अभियानबाट ललितपुरवासीको वाहवाही पाएका थिए ।
ठूला मालवाहक गाडी, निर्माण सामाग्री बोकेका गाडी र ट्रिपरहरुलाई 'लेप लेन' को बिस्तारपनि इन्स्पेक्टर शाहीले नै गरेका थिए । जसकारण ललितपुरमा सवारी दुर्घटना घटेको तथ्याङ छ । बालकुमारीदेखि बल्खुसम्मको एरियामा ठूला मालवाहक गाडी अहिले 'लेप लेन' मा गुड्नुपर्ने नियमलाई कडाई पारिएको छ ।
ग्वार्काेको अत्याधिक सवारीजामलाई पनि शून्य पारेका इन्स्पेक्टर शाहीले ग्वार्काेको व्यस्त सडकमा पार्किङमा कडाई गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीको सुझबुझले अहिले ग्वार्काेमा सवारी जाम न्यून हुँदै गएको स्थानीयले बताए । इन्स्पेक्टर शाहीकै पहलमा चापागाउँ दोबाटो र महालक्ष्मीस्थान चोकमा आईलैण्ड राखियो ।
'कोरोनाबाट सतर्क हुनुस् भनेर अहोरात्र खटिएँ', इन्स्पेक्टर शाहीले आइतबार दिउँसो अनलाइन पत्रिकासँग कुरा गर्दै भने, ‘अहिले पारिवारिक सदस्यमा संक्रमण देखिएको हुनाले म घरमै आइसोलेसन बसेको छु ।’

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij