Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंगो प्रहरी संगठनलाई आइजी शैलेशको सन्देश

सिंगो प्रहरी संगठनलाई आइजी शैलेशको सन्देश

  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जघन्य अपराध, फरार अभियुक्त पक्राउ, जबरजस्ती करणी लगायतका अपराधहरु समेतलाई नियन्त्रण गर्न विशेष चनाखो भई कार्ययोजना बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको असार महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

    AGNI GROUP

    कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तथ्याङ्क तथा तथ्यहरुको विश्लेषण गर्दा गत आर्थिक वर्ष उपलब्धिमूलक भएको चर्चा गर्दै अपराध नियन्त्रणको लागि सोही अनुरुप थप कार्ययोजना बनाई कार्यसम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

    अपराधजन्य क्रियाकलापहरुमा कमी आएको गत आर्थिक वर्षको तथ्याङ्कले देखाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराध, फरार अभियुक्त पक्राउ, जबरजस्ती करणी लगायतका अपराधहरु समेतलाई नियन्त्रण गर्न विशेष चनाखो भई कार्ययोजना बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । लागूऔषध कारोबारमा संलग्न पक्राउ तथा लागूऔषध बरामद सम्बन्धमा प्रहरीले यस वर्ष उल्लेखनीय कार्य गरेको बताउँदै उहाँले लागूऔषधको मागलाई नियन्त्रण समेत गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । आत्महत्या नियन्त्रणका लागि थप संवेदनशील हुँदै अन्य सरोकारवाला निकायसँग समेत समन्वय गरी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । चोरी निकासी पैठारी एवम् लागूऔषध नियन्त्रण तथा राजश्व छलि विरुद्ध अझ सक्रिय रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थित सबै प्रदेशका प्रहरी प्रमुख तथा प्रतिनिधिहरुलाई उहाँले निर्देशन दिनुभयो ।

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड १९ को प्रभाव अझै कायम रहेकोले यसप्रति संवेदनशील भई यसको रोकथाम तथा नियन्त्रणको लागि पूर्व तयारी गर्न निर्देशन दिँदै आ(आफ्नो क्षेत्रमा रहेका प्रहरी अस्पतालको सेवा सुविधा बढाउनुका साथै आवश्यक साधन स्रोतको समेत तयारी गर्नेतर्फ जोड दिनुभयो । साथै जनचेतनामूलक कार्यक्रम मार्फत कोभिड(१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरुलाई अझ बढी सक्रियताका साथ कार्यान्वयन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    समीक्षा कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, मानवअधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे असार महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट