Jun 04 2026 | २०८३, जेठ २१ गते
स्टार अस्पताल निजीतर्फ सुरुदेखि नै कोरोनाको पीसीआर परीक्षण गर्न अनुमति पाएको र पहिलो लहरदेखि नै संक्रमितको उपचार व्यवस्थापनमा सक्रियतापूर्वक काम गरी नमूना संस्था बन्न सफल बनेको थियो ।
ललितपुर । स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रूपाखेती व्यवस्थापन तथा सार्वजनिक नीतिविधामा सम्मानित भएका छन् । बारबरा फाउन्डेशनले कोरोना महामारीमा उल्लेखनीय काम गरेवापत डा. रुपाखेतीलाई सम्मानित गरेको हो । राष्ट्रिय सभागृहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट डा. रुपाखेती सम्मानित भएका हुन् ।
डा. यादवले ‘फ्रन्टलाइन’ मा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीलाई सम्मान प्रदान गरेको थियो ।
स्टार अस्पताल निजीतर्फ सुरुदेखि नै कोरोनाको पीसीआर परीक्षण गर्न अनुमति पाएको र पहिलो लहरदेखि नै संक्रमितको उपचार व्यवस्थापनमा सक्रियतापूर्वक काम गरी नमूना संस्था बन्न सफल बनेको थियो ।

कोरोना महामारीमा कुशल व्यवस्थापन गरेको मूल्यांकन गर्दै बारबरा फाउन्डेशनले १४ अस्पतालका व्यवस्थापक तथा उपचारमा खटिएका कर्मचारीलाई विशिष्ट सम्मान गरेको थियो । कोरोना महामारीमा उल्लेखनीय काम गरेवापत विभिन्न समूह तथा विधाका व्यक्ति एवं संस्था सम्मानित भए । जसमा दुई निजी अस्पताल/व्यवस्थापक परे ।
‘बारबरा फाउन्डेशनले निजी क्षेत्रको कामलाई मूल्यांकन गरिएकोमा हार्दिक आभार प्रकट गर्दछु,’ डा. रूपाखेतीले भने, ‘यो सम्मान स्टार अस्पतालको सिंगो कोभिड टिमप्रति समर्पित गर्दछु ।’ बारबरा सम्मानबाट प्राप्त नगद सम्मानलाई विपन्न वर्गका बिरामीको उपचार सहायता कोषमा राखिदिने डा. रूपाखेतीले अनलाइन पत्रिकालाई बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij