Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति

  • क्यान्बेरा । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ ।

    onlinepatrika
    Arghakhachi

    अस्ट्रेलियाको औषधि नियामक निकाय ९टिजीए० ले मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छैन । हालसम्म अस्ट्राजेनिका र फाइजरका खोपलाई मात्र टिजीएले मान्यता दिएको छ । यी तीनै किसिमका खोप दुई डोज लगाउनु पर्दछ ।प्रधानमन्त्री स्कट मोरिसनले मोडर्नाका एक करोड डोज खोप यसै वर्षको अक्टोबरदेखि डिसेम्बरभित्र अस्ट्रेलिया आइपुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले अरु डेढ करोड डोज खोप भने भविष्यमा आइपर्ने संकटका बेलामा थप डोजका लागि हो भन्नुभयो ।

    AGNI GROUP

    “कोरोना तत्कालै हामीबाट बिदा हुने सम्भावना देखिएन । त्यसैले भविष्यलाई पनि हेरेर तयारी गर्नुपर्ने अवस्था छ,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो ।मोडर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्ने बारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ । अस्ट्रेलियाका विज्ञान तथा औद्योगिक प्रविधि सल्लाहकार समूहका अध्यक्ष ब्रेन्डन मर्फीले मोडर्नासँगको छलफल सकारात्मक भए अर्को वर्षभित्रै अस्ट्रेलियामा मोडर्नाका खोपहरु उत्पादन हुनसक्ने बताउनुभयो ।

    अस्ट्राजेनिका खोप भने अस्ट्रेलियामा उत्पादन हुन थालिसकेको छ । मोडर्नाका दुबै खोप तीन साताभित्रै लगाउन सकिने अवस्था छ भने अस्ट्राजेनिकाको दोस्रो डोज तीन महिना कुर्नुपर्ने छ । फाइजरको खोप पनि तीन साताभित्रै लगाउन सकिन्छ । मोडर्नाको खोपका कारण अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् ।

    अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज खोप लिन सम्झौता गरिसकेको छ । यो खोप ५० वर्षभन्दा कम उमेरका व्यक्तिको रोजाईको खोप हो किनभने यो उमेरभन्दा कम भएका व्यक्तिमा अस्ट्राजेनिका खोप लगाउँदा रगत जम्ने समस्या देखिएको थियो ।सरकारले अस्ट्राजेनिकाको ३८ लाख डोज खोप आयात गर्ने तथा पाँच करोड डोज अस्ट्रेलियामै उत्पादन गर्ने सम्झौता गरेको छ ।

    तर अहिले अस्ट्रेलिया सरकारले ५० वर्षभन्दा मुनिका व्यक्तिलाई मोडर्नाको खोप दिने तयारी गरेको छ । अस्ट्रेलियाले नोभाभाक्ससँग पनि पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको र त्यो यसैवर्ष आपूर्ति हुने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताउनुभयो । उहाँले अस्ट्रेलियासँग बढी हुने खोप अन्य मुलुकलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको जानकारी दिनुभयो ।

    अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो । सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो । तर खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्ट्रेलियाले कोरोना नियन्त्रणमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको छ । कोभिड–१९ बाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ । यदि पर्याप्त सावधानी नअपनाएको भए अस्ट्रेलियामा ३० हजारभन्दा बढीको ज्यान जाने सरकारको दाबी छ ।एपी 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij