Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति गठन

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति गठन

  • टोकियो । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन भएका छन् ।

    AGNI GROUP

    समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

    समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफ्नो तर्फबाट यस अभियानमा १० लाख जापानी येन सहयोग गर्ने घोषणा गरे । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजÞार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij